नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
सोलुखुम्वु


  जिल्लाको परिचय

सोलुखुम्बु जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलको उत्तरी भागमा अवस्थित हिमाली जिल्ला हो। विश्व सम्पदा सूचीमा सुचिकृत नेपालको पहिचानसगरमाथा हिमाल यसै जिल्लामा पर्दछ। पूर्वाञ्चलमा सडक सुविधासँग आवद्ध नभएको एक मात्र जिल्ला भए तापनि यहाँका मनोरम हिमशिखर र उच्च पर्वतीय क्षेत्र विश्व मानचित्रमा नै प्रसिद्ध रहेको छन्। यस जिल्लालाई पर्यटकहरूको सांग्रिला भनेर पनि चिनिन्छ। विश्वका साहसी तथा प्राकृतिक तथा सांस्कृतिक विषयमा चाख राख्नेहरूको लागि यस जिल्लाले सधै आकर्षित गरिरहेको पाइन्छ। यस जिल्ला पूर्वाञ्चलका जिल्लाहरूमा सबभन्दा कम जनघनत्व भएको जिल्लामा पर्दछ। यो जिल्लामा १ नगरपालिका र ७ वटा गाउँपालिकाहरू रहेका छन् ।

जिल्लाको नामाकरण
 
तिब्बती भाषामा स्यार खुम्बु भन्नाले पूर्व तर्फको पवित्र भूमी जनाउँछ र यही शब्द अपभ्रंश भएर सोलुखुम्बु भएको मानिन्छ। किराँती भाषामा पश्चिम तर्फबाट आई माँझ किराँतमा बस्नेलाई खुम्बुङवा भनिन्थ्यो र तिब्बती भाषाको स्यार शब्द थपिदा स्यारखुम्बु भएको र सो शब्द अपभ्रश भएर सोलुखुम्बु बनेको विश्वास गरिन्छ। सोलुखुम्बु जिल्लाको सदरमुकाम क्षेत्रमा बग्ने सोलुखोला र उत्तरस्थित खुम्बुला हिमालको काखमा खुम्बु उपत्यका रहेको र सो शब्दबाट नै सोलुखुम्बु नामकरण भएको किम्बदन्ती पनि पाइन्छ।

भौगोलिक अवस्था

अक्षांश:- २७ डिग्री २०' ३९' देखि २८ डिग्री ६' २४' उत्तर
देशान्तर:- ८६ डिग्री ०' २१' देखि ८७ डिग्री ०' १' पूर्व
सिमाना:- पूर्व-सङ्खुवासभा र भोजपुर जिल्ला,पश्चिम-दोलखा र भोजपुर जिल्ला,उत्तर-चीनको तिब्बत, दक्षिण-ओखलढुङ्गा र खोटाङ जिल्ला
क्षेत्रफल:- ३,३९,७७६ हेक्टर
औसत लम्बाइ:-
औसत चौडाइ:-
भौगोलिक विभाजन:- हिमाली क्षेत्र
सबभन्दा अग्लो स्थान:- ८८४८ मिटर सगरमाथा हिमाल
सबभन्दा होचो स्थान:- ६०० मिटर तुइनटार
सदरमुकाम:- सोलु सल्लेरी

विश्वको सबैभन्दा अग्लो भूभाग ८,८४८ मिटर उचाई देखि ६०० मिटर उचाईको तुइनटार भूभाग यसै जिल्लामा पर्दछ। विभिन्न उच्च पर्वतीय हिमाली श्रृखला डाँडापाखा खोंच, वेशी, खोल्सा, ताल तलैया विभिन्न किसिमका जडीबुटी खानी कस्तुरी दुर्लभ वन्यजन्तु र सांस्कृतीक सम्पदाको धनी जिल्ला हो। यस जिल्लाको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने पूर्वमा भोजपुर र संखुवासभा पश्चिममा दोलखा र रामेछाप दक्षिणमा ओखलढुंगा र खोटाङ जिल्लाहरू पर्दछन्। यस जिल्लाको कूल क्षेत्रफल ३३९७७६ हेक्टर रहेको छ। यस मध्ये १९२५११ हेक्टर उच्च हिमाली क्षेत्र र १४४४६४ हेक्टर उच्च पहाडी क्षेत्रले ओगटेको छ।

भौगोलिक विभाजन

डाँडाकाँडा, भिरपाखा, खोल्सा-खोल्सी, वन-जङ्गल, टार, बेसी आदि विविधतायुक्त धरातलीय स्बरूप भएको यस जिल्लालाई मुख्य रूपमा तीन भागमा विभाजन गर्न सकिन्छ।

हिमाली क्षेत्र

यस प्रदेशमा महालंगुर र अन्य हिमश्रृङ्खलाहरू पर्दछन। विश्वको सर्वोच्च चुचुरा सगरमाथा हिमाल यसै प्रदेशमा पर्दछ। यस जिल्लाको प्रमुख गौरवको रूपमा रहेको यो क्षेत्र पर्वतारोहण र दृष्यावलोकनका लागि विश्व प्रसिद्ध छ।

उच्च पर्वतीय क्षेत्र

खुम्बु तथा वरीपरीका उच्च उपत्याकाहरू यसै प्रदेशमा पर्दछन्। फापर उवा आलु आदिको खेती हुने शेर्पा जातिको मुख्य वसोवास रहेको यस क्षेत्रमा पर्ने प्रमुख स्थानहरू पर्यटन व्यबसायको लागि अति उर्वर मानिन्छ। मेरापिक, पिकेडाँडा, कालापत्थर, मौले खर्क, दुधपोखरी, लामचुरा, धर्मपिक, रात्नाङ्गे डाँडा आदि स्थानहरू यस क्षेत्रमा पर्ने महत्वपूर्ण स्थान मानिन्छ।

मध्य पहाडी क्षेत्र

जिल्लाको अधिकांश आवादी भएको यो क्षेत्र हावापानी दृष्टिकोणले अत्यन्त राम्रो छ। यस भागमा मकैं कोदो तोरी आलु तथा फलफूलमा उच्च स्थानमा स्याउ र दक्षिणी क्षेत्रमा सुन्तला खेती गरिन्छ। यस जिल्लाका दुधकोशी लिखु सोलु आदि प्रमुख नदी तथा खोलाहरूको किनारामा धान खेती हुन्छ।

हावापानी

हावापानीको वर्गीकरण अनुसार यस जिल्लाको हावापानीलाई २ भागमा विभाजन गरिएको छ। न्यूनतम ९०० मिटरदेखि अग्लिन शुरु भै विश्वको सर्वोच्च शिखर सगरमाथा ८,८४८ मिटर सम्मको उचाईमा फैलिएको यस जिल्लाको आधाभन्दा वढी ५७ प्रतिशत भूभाग उच्च हिमाली क्षेत्रमा पर्ने हुँदा मुख्यतया यस जिल्लाको हावापानी चिसो रहेको छ। यस जिल्लाको दक्षिणी भूभागमा अवस्थित मध्य पहाडी क्षेत्रमा समशितोष्ण हावापानी पाइन्छ। यस जिल्लाको वार्षिक औसत वर्षा सरदर १६६१.१ मिलिमिटर रहेको छ भने वार्षिक अधिकतम तापक्रम सरदर ११.५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम सरदर १.८ डिग्री सेल्सियस रहेको छ।

जल सम्पदा

यस जिल्लामा रहेका प्रमुख नदीनालाहरू दुधकोशी नदी, इङ्खुखोला, सोलुखोला, बेनीखोला, हँगाखोला, चिम्दिङ्गखोला, सिसाखोला, साथै नुत्से, ल्होत्से र खुम्बु हिमनदी प्रमुख छन। त्यस्तै यस जिल्लाका मुख्य ताल कुण्डहरूमा दुधकुण्ड, दुधपोखरी, जालिमपोखरी, पाँचपोखरी र साल्पापोखरी आदि पर्दछन।

व्यापारिक महत्वका स्थानहरू

सोलुखुम्बुको लुक्लामा रहेको विमानस्थल

सदरमुकाम सल्लेरी बजार यस जिल्लाको दक्षिण भागमा पर्ने मुख्य बजार हो। यस स्थानमा दैनिक उपभोग्य वस्तुका साथै विदेशी सामान र मुलत गलैचाको समेत व्यापार हुने गर्दछ। जिल्लाको अर्को प्रमुख बजारका रूपमा सगरमाथाको प्रवेशद्वारको रूपमा रहेको नाम्चे बजार पर्दछ। पर्यटकीय बजारको रूपमा रहेको यस बजारमा सुविधा सम्पन्न होटलहरू रहेका छन्। यहाँ मुख्य रूपमा उत्तरी सीमा क्षेत्र तिब्बतबाट समेत व्यापार गरिन्छ। यस बाहेक यस जिल्लाका अन्य साना बजारहरूमा नेचाबेतघारीकाे बिहिबारे बजार, नेलेकाे नेले बजार, साेताङ्गकाे सोताङ्ग बजार, भाकाञ्जेको किन्जा बजार, बासाको सोमबारे हाट, सल्यानको बुधबारे हाट, चौंरीखर्कको लुक्ला बजार, बुङ्गको बुङ्ग बजार पनि व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ।

प्रमुख धार्मिक क्षेत्र

यस जिल्लामा हिन्दू तथा बौद्धमार्गीहरूले मान्दै आएका धार्मिक स्थलहरू प्रशस्त संख्यामा रहेका छन्। हिन्दू धर्मावलम्बीहरूले मानिआएका प्रमुख देवीदेवताका स्थलहरू देहाय बमोजिम रहेका छन्।

  • श्री वालेश्वर महादेव मन्दिर
  • ज्वालामाइदेवीको मन्दिर
  • पाचकन्यास्थान
  • कालिका देवी स्थान
  • दुधकुण्डेश्वर महादेव
  • ठकुमाल देवीस्थान
  • सिद्धनाथ मन्दिर, भेडीश्वोर वागेश्वरी स्थान
  • जाल्पा देवीस्थान, शिवालय वज्रगुम्बा मन्दिर
  • सिंहकाली देवी स्थान
  • गुप्तकालीका देवीको मन्दिर
  • कालिकादेवी, जालपादेवी, सिंहदेवी मन्दिर (नेचा बेतघारी)

 

सोलुखुम्बु जिल्लाको पुनःसंरचना अनुसारका नगर/गाउँपालिका र तिनमा समेटिएका गा.वि.स. र वडाहरूः
१. सोलुदूधकुण्ड नगरपालिकाः
२. दुधकोशी गाउँपालिकाः
३. खुम्बु पासाङल्हामु गाउँपालिकाः
४. दूधकौशिका गाउँपालिकाः
५. नेचासल्यान गाउँपालिकाः
६. माहाकुलुङ गाउँपालिकाः
७. लिखुपिके गाउँपालिकाः
८. सोताङ गाउँपालिकाः
(याे संरचना २०७३/११/२९ देखि लागू भएकाे हाे)

  • सल्लेरी बजारमा अागलागी --

    मिति २०७३/०८/२३ गते अपह्रान्न ४:०० बजे सोलुखुम्बु जिल्ला, दूधकुण्ड नगरपालिका वडा नं.–५, सल्लेरी बजारमा बिराज तामाङको घरमा ग्याँस सिलिन्डरबाट आगो सल्की सुरु भएको आगलागीबाट निज विराज ताााङको ३ तले घर तथा सँगै जोडिएको चन्द्र कुमारी राई र सरण राई समेतको ३/३ तले घर समेत गरी जम्मा ३ वटा घर पूर्ण रुपमा क्षती भएको छ । साे घटनामा मानवीय तथा चौपाया क्षती नभएको जानकारी हुन अाएकाे छ । घर, ल.क., अन्नपात, सुन तथा अन्य सामान गरेर विराज तामाङको अ.मु.रु. ६२०००००।–, चन्द्रकुमारी राईको अ.मु.रु. ४९५००००।– र सरण राईको अ.मु.रु. २८०००००।– क्षती भएकाे तथा आगो नियन्त्रण गर्न भत्काइएको याम कुमारी राईको घरको अ.मु.रु.…

  • प्र.जि.अ.कृष्ण प्रसाद शर्माज्यूकाे कार्यकाल सफल २०७३-६-१६

              यस कार्यालयमा २०७२ असाेज २७ गते यस कार्यालय हाजिर भई प्र.जि.अ.काे कार्यभार संहाल्दै अाउनुभएका कृष्ण प्रसाद शर्मा २०७३ असाेज १४ गते विदाइ हुनुभएकाे छ । समग्रमा वहाँकाे कार्यकाल निकै सफल र सवल रहेकाे पाइयाे । वहाँले यस कार्यालय व्यवस्थापनदेखि समग्र जिल्लाका कार्यालयहरुकाे सेवा प्रवाहलाई प्रभावकारी वनाउने कामहरु गरेर जानुभएकाे छ । वहाँकाे १ वर्षे कार्यकालमा यस जिल्लाका ३० मध्ये १६ जिल्लामा घुम्ती शिविर संचालन, विकास एवं निर्माणका कार्यहरुको अनुगमन, असहज अवस्थामा पनि पेट्रोलियम पदार्थको ढुवानी गरी वितरण, असक्त नागरिकहरुलाई घरैमा गएर नागरिकताको प्रमाणपत्र र अपाङ्गता परिचयपत्र वितरण, साेताङ इलाका प्रशासन कार्यालयको स्थापना, बजार अनुगमन गरी बजार नीयमन लगायतका महत्वपूर्ण…

  • Intercom Phone जडान गरी स‌ंचालन २०७३-५-२१

    २०७३ भाद्र २१ गतेबाट यस कार्यालयमा Intercom Phone System जडान गरी स‌ंचालनमा ल्याइएकाे छ । सम्झाैता अनुसार साइनटेक नेपाल प्रा.ली., काठमाडौंबाट खटी आएका निर्मल सापकोटाले यस कार्यालयमा उक्त प्रणाली जडान तथा सञ्चालन गरी सो सम्बन्धी तालिम समेत प्रदान गरेका थिए । याे सिस्टममा ८ वटा Dialing-recieving Device जडान गरिएकाे छ । यस प्रविधिकाे उपयाेगबाट कार्यलयका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा विभिन्न शाखा/फाँटका कर्मचारीबीच साेझाे सम्पर्क भई सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा लिइएकाे छ । यसकाे लागत ५१ हजार रहेकाे छ ।

  • कार्यालयमा CCTV Camera जडान स‌ंचालन २०७३-५-५

    २०७३ भाद्र ३ गतेबाट यस कार्यालयमा CCTV Camera जडान गरी स‌ंचालनमा ल्याइएकाे छ । सम्झाैता अनुसार साइनटेक नेपाल प्रा.ली., काठमाडौंबाट खटी आएका निर्मल सापकोटाले यस कार्यालयमा उक्त क्यामेरा जडान तथा सञ्चालन गरी सो सम्बन्धी तालिम समेत प्रदान गरेको थिए । हाल जडान गरिएकाे DVR मा ८ वटा क्यामेराकाे क्षमता भए पनि तत्काललाई ५ वटा मात्र क्यामेरा जडान गरिएकाे छ । यस प्रविधिकाे उपयाेग सँगै कार्यालयक्षेत्रमा हुने र हुन सक्ने सम्भाव्य घटनाहरु कम हुने अपेक्षा लिइएकाे छ । यसकाे लागत १ लाख रहेकाे छ ।

  • यात्रुवाहक सावारी साधनकाे लागि Time Card लागू २०७३-५-१

    देशमा विभिन्न स्थानमा भइरहेको सवारी दर्घटनाको सन्दर्भमा यस जिल्लाभित्र समेत सवारी दुर्घटनाहरु क्रमशः भइरहेको छ । याे समस्या साेलुखुम्बु जिल्लामा पनि अाएकाे छ । उक्त दुर्घटनालाई न्युनीकरण गर्नका लागि सिट क्षमता भन्दा बढी यात्रुहरु चढाउन नपाउने गरी कडा चेकजाँचको व्यवस्था गरिएको छ । साेलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माकाे अगुवाइ, ट्राफिक प्रहरी र जिल्ला प्रहरीकाे सक्रियतामा ओखलढुंगा स्थानीय प्रशासनसँग समेत समन्वय गरी २०७३ भाद्र १ गते देखि लागू हुने गरी समय ताेकी Time Card लागू गर्ने निर्णय गरी कार्यान्वयनमा ल्याइएको छ । साे अनुसार साेलुखुम्बुकाे सल्लेरीदेखि अाेखलढंगाकाे हर्कपुर सम्मकाे ९५ किलाेमिटरकाे दुरीलाई ४ खण्डमा विभाजन गरी साे दुरीमा…

  • e-attendance लागू --

    नेपाल सरकारकाे ७५ वटै जिल्ला प्रशासन कार्यालयहरुमा e-attendance लागू गर्ने अभियानकाे क्रममा यस कार्यालयमा पनि हिजाे मिति २०७३ असार २३ गते e-attendance device जडान गरिएकाे । यस प्रणालीलाई यस महिना परीक्षणकाे रुपमा लिइने भएकाे छ । Device जडानका लागि काठमाडाैंबाट सन्ताेषा बराल अाएका थिए । यस प्रणालीकाे लागू सँगै कार्यालयका कर्मचारीहरुमा नियमितता अाउने विश्वास नेपाल सरकारकाे रहेकाे छ । गत वर्षसम्म ४० वटा जिल्लामा लागू याे प्रणाली यस वर्ष ७५ वटै जिल्लामा जडान गर्ने याेजना अन्तर्गत यस कार्यालयमा पनि जडान गरिएकाे हाे ।

  • ४४अाैं विश्वा वातावरण दिवस २०७३-२-२३

    जिल्ला प्रशासन कार्यालय साेलुखुम्बुकाे सम्याेजकत्वमा अाज विहान सल्लेरी बजारमा सरसफाई कार्यक्रम सम्पन्न भयाे । उक्त कार्यक्रममा जिल्ला स्थित कार्यलयका प्रमुखहरु, कर्मचारीहरु, प्रहरीलगायतकाे उल्लेख्य सहभागिता भयाे । कार्यक्रम विहान ७ बजेबाट शुरु भएर ८:३० मा सम्पन्न भएकाे थियाे । कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा सहायक प्रमुख जिल्ला अधिकारी पंकज भुर्तेलले 'याे कार्यक्रम सांकेतिक भएकाे, कर्मचारीले १ दिन गरेर पुग्दैन' सबै लाग्नु पर्ने बताउनुभयाे ।

  • जिल्ला स्तरीय सर्वपक्षीय निर्णय --

    आज मिति २०७३/०१/३० गते प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा सर्वपक्षीय बैठक बसी यातायात सम्बन्धी विभिन्न महत्वपूर्ण निर्णय गरिएको छ । विभिन्न समितिद्वारा सञ्चालित काउन्टर सडक तथा बजारको विभिन्न क्षेत्रमा राखिएको काउन्टर दुधकुण्ड नगरपालिकासँग समन्वय गरी एक हप्ता भित्रमा काउन्टर निश्चित ठाउँमा राख्ने व्यवस्था मिलाउने साथै यस बजार क्षेत्रभित्र राखिने गाडीहरु अब उप्रान्त राख्न नपाइने व्यवस्थित रुपमा बजार वाहिर/पार्कमा राख्ने व्यवस्था मिलाउने पर्ने छ । यस जिल्लामा रहेको एक मात्र दुधकोशी आयल स्टोरको सम्बन्धित स्थानबाट यहाँ ल्याई पुर्याउँदाको भाडा सहित उक्त आयल स्टोरबाट डिजेल प्रति लिटर रु. ८७ (सतासी) मा बिक्री वितरण गर्ने निर्णय पनि…

  • सिविर सञ्चालन २०७३-१-७

    यस जिल्लाकाे गाेराखानी, टाप्टीङ र केरुङ गाविसका नागरिकहरुलाई पायक पर्ने गरी शिशाखाेलामा मिति २०७२-०१-४ र ५ गते संचालन गरिएकाे एकीकृत घुम्ति शिविर संचालन भयाे । उक्त शिविरमा जिल्लाका ८ वटा कार्यालयहरुले नागरिकहरुलाई अा-अाफ्नाे कार्यालयकाेसेवा प्रदान गरेकाे थियाे । उक्त शिविरमा जिल्ला प्रशासन कार्यालयबाट १९० जनालाई नयाँ नागरिकता प्रदान गरिएकाे थियाे जसमध्ये २ जना ७० वर्षमाथिका वृद्धहरूलाई पनि नागरिकता प्रदान गरिएकाे थियाे ।

  • सार्वजिनक २०७२-९-२८

    राष्ट्रिय सूचना अायाेगका प्रमुख सूचना अायुक्त श्री कृष्णहरि बाँस्काेटा द्वारा साेलुखुम्बु स्थित रहेका सरकारी कार्यालयहरुकाे सूचना अधिकृतहरुकाे नामावाली सार्वजनिकरण गरियाे ।

  • CCTV Camera जडान २०७३-५-५

    २०७२ भाद्र ३ गतेबाट यस कार्यालयमा CCTV Camera जडान गरी स‌ंचालनमा ल्याइएकाे हुँदा सम्वन्धित सबैमा जानकारीकाे लागि अनुराेध छ ।

  • प्रसंसा पत्र २०७२-१०-६

    राष्ट्रिय सूचना अायाेगका  सूचना अायुक्त श्री कृष्णहरि बाँस्काेटा द्वारा जिल्ला प्रशासन कार्याल साेलुखुम्बुका प्रमुख जिल्ला अधिकारी श्री कृष्ण प्रसाद शर्मा ज्यूलाई प्रसंसा पत्र प्रदान गरियाे ।

  • suchana २०७२-९-२८

    यस कार्यालयको सँयोजनमा सोलुखुम्बु जिल्ला स्थित सरकारी कार्यालयको नागिरक वडा पत्रको संगालो तयार गिरएको र सूचना अधिकृतहरुको नामावली राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना अायुक्त श्री कृष्णहरि बास्कोटा द्वारा मिति २०७२-९-२८ गते अायोजित कार्यक्रममा सार्वजनिकरण गरिएको छ ।

  • citizenship discard २०७२-६-११

    Citizenship Discarded

  • सरुवा कार्यक्रम २०७१-९-८

    यस कार्यालयका प्रमुख जिल्ला अधिकारी श्री झंकनाथ ढकाल लगायत सम्पुर्ण प्रशासन कार्यालयका कर्मचारीवाट स‌.प्र.जि‌.अ. श्री चाेमेन्द्र न्याैपानेलाई विदाई गरी कार्यक्रम सम्पन्न ।

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय