Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ
  • सम्बन्धित व्यक्ति/संस्थाले प्रयोग गर्न चाहेको कारण सहित उडान कम्पनीमा सम्पर्क गर्ने, त्यसपछि उडान कम्पनीले नागरिक उड्डयन प्राधिकरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्रसहित गृह मन्त्रालयको सीमा तथा अध्यागमन शाखामा आवेदन गर्ने।
  • उद्धार उडानको लागि उद्धार गर्नुपर्ने कारण सहितको निवेदन र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्रसहित उडान कम्पनीले गृह मन्त्रालयको सीमा तथा अध्यागमन शाखामा आवेदन गर्ने।
  • विदेशी नागरिकले नेपालमा काम गर्नको लागि अनिवार्यरुपमा गृह मन्त्रलायबाट कार्य सहमति लिई सोही बमोजिम भिषा प्राप्‍त गर्नुपर्दछ।

       १. सम्बन्धित व्यक्ति/संस्थाले आफ्नो सम्बन्धित मन्त्रालयमा सम्पर्क गर्ने,

       २. मन्त्रालयको सिफारिस पत्र, र अन्य आवश्यक कागजात सहित गृह मन्त्रालयको सीमा तथा अध्यागमन शाखाको इमेल (nepalbni@moha.gov.np) मा निवेदन पेश गर्ने।

       ३. गृह मन्त्रालयले आवश्यक अध्ययन/अनुसन्धान/जाँचपड्ताल गरी उपयुक्त देखिएमा सम्बन्धित मन्त्रालयलाई नै कार्य सहमति उपलब्ध गराउँदछ।

  1. सम्बन्धित मन्त्रालयको (समयावधी सहितको) सिफारिस पत्र र निर्णयको छायाँप्रति,
  2. भिषा, पासपोर्टको छायाँप्रति,
  3. कम्पनी दर्ता/परियोजना सम्झौता,
  4. कर्मचारी माग सम्बन्धी सूचना/सम्झौता,
  5. कम्पनी वा संस्थाको प्रकृति अनुसार अन्य कागजात।
  • सबै आवश्यक कागजात उपलब्ध भएपछि निवेदन दर्ता भएको हप्‍तादिन भित्र कार्य सहमति प्राप्‍त हुन्छ।
  • Online दर्ताको बखत प्रयोग गरिएको Email ठेगाना तथा दिइएको सम्पर्क नं मार्फत सूचना प्राप्‍त हुन्छ।
  • Nigeria
  • Ghana
  • Zimbabwe
  • Swaziland
  • Cameroon
  • Somalia
  • Liberia
  • Ethiopia
  • Iraq
  • Palestine
  • Afghanistan
  • Syria
  • Refugees with travel document
  • सम्बन्धित संस्थाले कार्यक्रम सहित कन्सुलर सेवा विभाग तथा सम्बन्धित मन्त्रालयमा सम्पर्क गर्ने र सो निकायहरुबाट गृह मन्त्रालयमा सिफारिस पत्र प्राप्‍त भएपछि आवश्यक जोखिम विश्‍लेषण र अन्य अध्ययन गरी उपयुक्त  देखिएमा अध्यागमन विभागलाई On Arrival Visa को लागि पठाइने छ।

पछिल्लो अपडेट गरिएको : 2083-03-09 10:00:31

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .